समाचारमंगलबार, कार्तिक २४, २०७२
प्रधानमन्त्रीको विशेष सम्बोधन तीहारपछि मात्रै
![k|wfgdGqL s]kL zdf{ cf]nLnfO{ k|wfgdGqL sfof{no l;+xb/af/df z'qmaf/ awfO{ tyf z'esfdgf lbFb} kqsf/ dxf;ª3sf cWoIf 8f= dx]Gb| lji6 . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://www.himalkhabar.com/wp-content/uploads/2015/11/kp_oli.jpg)
आफू प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको विशेष सम्बोधन आज नहुने भएको छ ।
भारतको नाकाबन्दी र भूकम्पपछि देशले भोगिरहेको अवस्थालाई समेटेर प्रधानमन्त्री ओलीले आज, २४ कात्तिकमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भए पनि उनले अब तीहारपछि मात्रै सम्बोधन गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
“अब तिहारपछि तर यही हप्ताभित्र उहाँको सम्बोधन आउँछ,” रिमालले जानकारी दिए ।
