समाचारसोमबार, कार्तिक ३०, २०७२
फिफाद्वारा गणेश थापालाई प्रतिवन्ध
विश्व फुटबल महासंघ (फिफा) ले एन्फा अध्यक्ष गणेश थापालाई १० वर्षका लागि प्रतिवन्ध लगाएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार सन् २००९ र २०११ मा भएका फिफा पदाधिकारीको निर्वाचनका क्रममा नगद घुष लिएको भन्दै फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि १० वर्षको प्रतिवन्धका साथै १९,८७० डलर (२० हजार स्वीस फ्र्यांक)जरिवाना पनि तोकेको छ ।
उनीमाथि अनियमितताका अन्य आरोपका साथै व्यक्तिगत र पारिवारिक स्वार्थका लागि फुटबल अधिकारीहरुबाट नगद घुष लिएको आरोप पनि फिफाले लगाएको छ ।
यो प्रतिवन्धसँगै थापा फुटबल सम्बन्धी गतिविधिमा सहभागी हुन पाउने छैनन् भने एन्फा अध्यक्ष पदबाट पनि उनी बाहिरिनु पर्नेछ ।
थापासँगै फिफाले लाओस फुटबल फेडरेसनका अध्यक्ष भिफेट सिहाचकरलाई दुई वर्षको प्रतिवन्धका साथै ४० हजार स्वीस फ्रयांक जरिवाना गरेको छ ।
यो पनि पढौं: सुनियोजित ‘राष्ट्रघात’
