समाचारशुक्रबार, मंसिर ८, २०६९

विपक्षी आन्दोलन- शीर्ष नेताहरुले कार्यकर्तालाई सम्बोधन गर्दै

हिमालखबर

८ मंसीर मध्यान्ह १२ बजे शुरु भएको भेलालाई विपक्षी दलका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

कार्तिक २५ गते घोषणा गरिएको आन्दोलनको कार्यक्रमअनुसार विपक्षी दलहरुले आज दिउँसो राजधानीमा कार्यकर्ताको भेला गर्न लागेको कांग्रेस नेता नविन्द्रराज जोशीले जानकारी दिए ।

यसअघि ५ मंसीरमा विपक्षी दलहरुले व्यापारी, उद्योगपति, अर्थविद् र आर्थिक क्षेत्रसंग सम्बद्ध व्यक्तिहरुसँग छलफल गरेका थिए । राजनीतिक संकट समाधानमा एकीकृत माओवादी र सरकार बाधक भएको निष्कर्ष निकालेका विपक्षी दलहरुले संयुक्तरुपमा एकमहिने आन्दोलनको घोषणा गरेका छन् ।

राजनीतिक र संवैधानिक गतिरोधको अन्त्यका लागि बाबुराम भट्टराई नेतृत्वको सरकारले तत्काल सत्ता छाड्नुपर्ने उनीहरुको माग रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>