समाचारशुक्रबार, मंसिर ८, २०६९
अपहरणका आरोपी भारतीय नेता रिहा
न्यायाधीश चण्डीराज ढकालको इजलासले मियाँलाई जीउ मास्ने बेच्ने मुद्दामा कसुरदार नरहेको ठहर गर्दै ७ मंसीरमा तारेखमा छाडेको हो ।
तत्काल प्राप्त प्रमाणअनुसार कसुरदार नदेखिएकाले उनलाई तारेखमा छाडिएको अदालतले जनाएको छ । सोही आरोप खेपिरहेका भोलाशङ्कर तिवारीलाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
मियाँ भारत अररिया राज्यको लोक जनशक्ति पार्टीका बहालवाला विधायक हुन् । विधायक मियाँ र तिवारीलाई गत कात्तिक २४ गते प्रहरीले काँकडभिट्टास्थित एक होटलबाट पक्राउ गरेको थियो ।
२०५८ साल माघ १३ गते अपहरणमा परेका व्यापारी अग्रवाललाई भारतका पप्पुदेव भूमिहारको नेतृत्वमा विराटनगरबाट अपहरण गरिएको थियो । उनी ४१ दिनपछि तीन करोड २० लाख भारु फिरौती तिरेर अपहरणमुक्त भएका थिए । रासस
