समाचारशुक्रबार, मंसिर ११, २०७२
राम्रो संविधान बनेपछि भारतले घाटी निमोठ्योः नेता नेपाल
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अमानवीय तरिकाले भारतले नेपालको घाँटी निमोठेको बताएका छन् ।
चतरा–उदयपुर–कटारी–काठमाडौं सडक खण्डको अनुगमनका क्रममा उदयपुर पुगेका नेता नेपालले भने, “नेपालमा राम्रो संविधान बनेपछि भारतले नाकाबन्दी उपहार दिए ।”
नेता नेपालले भने, “अहिले नेपालमा सबैले संविधानमा बराबरी अधिकार पाए पनि सबैभन्दा बढी अधिकार मधेसीले पाएका छन् । छुट्टै मधेस प्रदेश पनि मधेसीले नै पाएका छन् ।”
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन छाडेर वार्ताबाट समस्याको समाधान खोज्न पहल गर्नुपर्ने उनले बताए ।
