समाचारशुक्रबार, मंसिर ८, २०६९

सकारात्मक वातावरण बनाऊः निर्वाचन आयोग

हिमालखबर

निर्वाचन आयोगका पदाधिकारीले आयोगको धारणा जानकारी गराउन राष्ट्रपति  रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईसँग   ८ मंसीरमा छुट्टाछुट्टै भेट गरी उक्त आग्रह गरेका हुन् ।

राष्ट्रपति यादवसँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ र निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गरेको भेटमा सरकारले आगामी  वैशाखभित्र अर्को संविधानसभाको निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचनका लागि आवश्यक व्यवधानहरू हटाउने बारेमा राष्ट्रपतिलाई अवगत गराइएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री भट्टराईसँग भएको छलफलका क्रममा आगामी निर्वाचनको निश्चित मिति तोक्नुपर्ने, निर्वाचनका लागि आवश्यक ऐन कानुनको संशोधन गर्नुपर्ने आवश्यकता बारेमा स्पष्ट गरिएको आयोगले जनाएको छ ।

पदाधिकारी बिहिन हुन लागेको आयोगमा आयुक्तहरूको पदपूर्तिको व्यवस्था गर्न र आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोगका लागिसमेत आवश्यक व्यवस्था गर्न आयुक्तहरुले प्रधानमन्त्रीसँग आग्रह गरे ।

यसअघि ७ मंसीरमा हिमालखबरसँगको कुराकानीमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त गुरुङले राजनीतिक दलहरुबीच सहमति नभएसम्म निर्वाचनको कल्पना गर्न नसकिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>