समाचारशनिबार, मंसिर ९, २०६९
राष्ट्रपति भन्छन– मेरो आह्वानलाई गलत ब्याख्या नगरियोस
राष्ट्रपति यादवलाई भेट्न ९ मंसीर बिहान शीतल निवसा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा उनले सहमितकै लागि आफूले आह्वान गरेकाले त्यसलाई गलतरुपमा नबुझ्न आग्रह गरेका हुन् ।
एमाओवादीको आजै विहान बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको आह्वान असंवैधानिक भनेर ठहर गरे लगत्तै दाहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका थिए ।
भेटपछि अध्यक्ष दाहालले सहमतिको लागि आह्वान गरेको भए त्यो सकारात्मक रहेको, तर राष्ट्रपतिबाट कार्यकारी अधिकार लिने आंशका उब्जेको भन्दै आफूले ध्यानाकर्षण गराएको जानकारी दिए ।
यसैबीच राष्ट्रपतिको आव्हानबारे प्रधानमन्त्री बाबुराम भट्टराईले कानूनविदहरुसँग छलफल गर्दैछन् भने आजै एमाओवादीले पत्रकार सम्मेलन गरी राष्ट्रपतिले गरेको आह्वानप्रति पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
