समाचारशनिबार, मंसिर ९, २०६९

राष्ट्रपतिको आह्वान स्वागतयोग्य: कांग्रेस–एमाले

हिमालखबर

९ मंसीर बिहान बसेको कांग्रेस पदाधिकारी बैठक र एमाले स्थायी समितिको बैठकले उक्त आह्वानको स्वागत गरेका हुन् ।

नयाँ परिस्थितिमा पार्टीको रणनीति बनाउन बसेको कांग्रेस पदाधिकारी बैठकले सहमतिका लागि सकेको प्रयासलाई अघि बढाउने निर्णय पनि गरेको छ । सहमतीय सरकारको नेतृत्व आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ ।

त्यस्तै ९ मंसीरमै बसेको एमाले स्थायी समितिको बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्रै सहमतिको आधारमा प्रधानमन्त्रीका लागि उम्मेद्वार चयन गर्न पहल गर्ने निर्णय गरेको छ ।

सरकारको नेतृत्वका लागि भने एमालेले दाबी नगर्ने भएको छ । ढिलै भए पनि राष्ट्रपतिबाट भएको औपचारिक आह्वानले सहमतिका लागि दबाब पुग्ने एमाले नेताहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>