समाचारसोमबार, मंसिर २८, २०७२
बाबुराम भ्रम बाँडेर हिड्छन्ः मन्त्री यादव
सिंचाईमन्त्री उमेशकुमार यादवले एमाओवादी परित्याग गरेर नयाँ शक्तिको अभियान थालेका नेता बाबुराम भट्टराईको भविष्य नरहेको बताए ।
दुई नम्बर प्रदेशका अगुवा कार्यकर्तासँगको भेटमा मन्त्री यादवले भने, “बाबुरामले थालेको नयाँ शक्तिको भविष्य छैन, त्यस्तो भ्रममा कोही नपर्नुहोस् ।”
भट्टराईले पार्टी मात्रै नभई माओवादबाट त्यागेकाले उनको भविष्य नरहेको मन्त्री यादवले बताए । उनले भट्टराईलाई माओवादीमै फर्कन आग्रह गरे ।
