समाचारआइतबार, मंसिर १०, २०६९
एमाओवादी नेतृत्वमा सहमति हुँदैनः देउवा
नेता देउवाले डडेल्धुरामा १० मंसिर बिहान आयोजित पत्रकार सम्मेलनमा सहमतिय सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनु पर्ने धारणा राखे । उनले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राष्ट्रपतिको आह्वान सकारात्मक रहेको बताए ।
पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा सरकार बत्रे सहमति भए पार्टीभित्र प्रधानमन्त्री चयन गर्ने विषयमा विवाद नहुने समेत बताए । उनले भने, “म प्रधानमन्त्रीको लालची छैन, कांग्रेसभित्र सरकारको नेतृत्वका विषयमा विवाद हुने छैन ।”
आजै पार्टी कार्यकर्तासंगको भेटमा नेता देउवाले एमाओवादी लोकतन्त्रप्रति जिम्मेवार भए मुलुकले राजनीतिक समाधान पाउने उल्लेख गरे ।रासस
