समाचारआइतबार, मंसिर १०, २०६९
एमाले नेता ओली आज स्वदेश फर्किदै
स्वास्थ्यअवस्था अत्यन्तै गम्भीर भएपछि कात्तिक १९ गते उनलाई काठमाडौंबाट हवाई एम्बुलेन्समा उपचारका लागि भारतको हरियाणस्ति मेदान्त मेडिसिटी अस्पतालमा लगिएको थियो ।
उपचारबाट स्वस्थ्य भएका ओली १० मंसीर दिउँसो काठमाडौं आइपुग्ने एमालेले जनाएको छ । दिउँसो पौने ३ बजे एयर इन्डीयाबाट काठमाडौ आइपुग्ने एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
निमोनियाले थलिएका ओलीलाई करिब एक सातायता अति सघन उपचार कक्षमा राखिएको थियो । कात्तिक २५ गते अस्पतालबाट डिर्स्चाज भएपछि निरन्तर स्वास्थ्य अनुगमनका लागि भन्दै उनी थप १० दिन दिल्लीस्थित आफ्ना एक साथीको घरमा बसेका छन् ।
ओली काठमाण्डु फर्किएपछि राजनीतिक छलफलमा सहभागि हुने बुझिएको छ ।
