समाचारआइतबार, मंसिर १०, २०६९
कांग्रेसको नेतृत्वमा सहमतीय सरकारः अध्यक्ष राणा
रिपोर्टर्स क्लब नेपालले १० मंसीरमा आयोजना गरेको साक्षात्कारमा उनले संविधान सभाको निर्वाचनपछि दुई दुई पटक नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सरकारको नेतृत्व गरिसकेकोले अबको सहमतिको सरकारको नेतृत्व कांग्रेसले पाउने विश्वास ब्यक्त गरे । राणाले भने, “एमाले र माओवादीले नेतृत्व गरिसकेकोले अब कांग्रेसको नेतृत्व स्वभाविक हुन्छ ।”
उनले राष्ट्रपतिको कदम मुलुकलाई ‘डेडलक’बाट मुक्त गर्नकालागी बाध्यकारी भएको दावी गरे । ६–६ महिनासम्म सहमतिको सरकारका लागि पहल गर्दा समेत सरकारले टेरपुच्छर नलगाएपछि राष्ट्रपतिले बाध्य भएर सहमतिको सरकार गठनका लागि आव्हान गर्नु परेको राणाको भनाई थियो ।
मुलुकमा लामो समयदेखि परेको राजनीतिक गाँठो फुकाउन राष्ट्रपतिद्धारा चालिएको कदमलाई कसैले पनि नकारात्मक रुपमा लिन नहुने भन्दै सरकारले पनि समस्या समाधानको हिसावमा सकारात्मक रुप्मा लिनु पर्ने बताए ।
एमाओवादीमा राष्ट्रपतिको कदमको विषयमा दुई धार रहेको दावी गर्दै उनले अध्यक्ष दाहाल खेमा त्यसलाई लिएर आन्दोलन गर्ने पक्षमा नरहेको प्रष्ट पारे । सात दिनभित्रमा सहमति नजुटे राष्ट्रपतिले दलहरुलाई सहमतिकोलागी थप समय दिने भन्दै उनले अहिले बहुमतीय सरकार गठनका लागि कसैले सोच्न नहुने धारणा राखेका थिए ।
