समाचारआइतबार, मंसिर १०, २०६९
विपक्षी दलहरुको आन्दोलन स्थगित
१० मंसीरमा एमाले केन्द्रीय कार्यालय बल्खुमा बसेको विपक्षी दलका शीर्ष नेताहरुको बैठकले राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि गरेको आह्वानलाई ध्यानमा राख्दै दुई दिनको आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा राष्ट्रपतिबाट भएको आव्हानलाई सकारात्मक रुपमा ग्रहण गर्दै राजनीतिक सहमतिका लागि अग्रसर हुन एनेकपा माओवादी, मधेशी मोर्चासम्बद्ध दल र प्रधानमन्त्रीसमेतलाई आग्रह गरिएको छ ।
“राष्ट्रपतिज्यूको आव्हानलाई गलत ढङ्गले व्याख्या र विरोध गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु अनुचित र अलोकतान्त्रिक कार्य हो,” विज्ञप्तिमा उल्लेख छ । त्यस्तै राष्ट्रपतिको आह्वानले राजनीतिक सहमतिको आधारमा नयाँ सरकार गठन गरी समस्याको समाधान गर्न प्रेरित गरेको पनि विपक्षी दलहरुले जनाएका छन् ।

