समाचारसोमबार, मंसिर ११, २०६९
सरकार र राष्ट्रपतिबीच मनमुटाव छैनः प्रधानमन्त्री
उनले व्यक्तिगत रुपमा पनि राष्ट्रपतिसँग आफ्नो कुनै मनमुटाव नरहेको भन्दै राष्ट्रपतिसँग संवैधानिक अडचनका विषयमा छलफल भएको तर बाहिर आएको हल्ला जस्तो द्वन्द्व बढेको कुरा सत्य नभएको दाबी गरे ।
११ मंसीर बिहान शिक्षा विकास तथा अनुसन्धान केन्द्रले काठमाडौंमा आयोजना गरेको चौथो प्रारम्भीक बाल विकास राष्ट्रियसम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भट्टराईले गतिरोध अन्त्यका लागि आफ्नो प्रयत्न जारी रहेको बताए ।
यसैबीच आजै बिहान प्रधानमन्त्री भट्टराई र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पनि छलफल भएको छ ।
दाहाल निवास लाजिमपाटमा भएको छलफलमा राष्ट्रपतिको कदमका विषयमा नेताहरुबाट आएका फरक फरक धारणा र अबको कदमका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
