समाचारसोमबार, मंसिर ११, २०६९
सभापति कोइराला र अध्यक्ष ठाकूरबीच छलफल
११ मंसीरमा कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा सहमतिको सरकार गठन र त्यसको नेतृत्वका विषयमा कुराकानी भएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रपतिले सहमतीय सरकारका लागि दिएको समयसीमा भित्र दलहरुबीच सहमति हुन नसके आउने परिणाम र सरकारले गरेको निर्णयका विषयमा पनि छलफल भएको जनाइएको छ ।
कोइरालाले सरकारको नेतृत्वका लागि कांग्रेसलाई सहयोग गर्न आग्रह गरेका थिए भने ठाकूरले आफू तयार भए पनि एकीकृत माओवादीसँग सहमति खोज्न आग्रह गरेका थिए ।
