समाचारसोमबार, मंसिर ११, २०६९

जनसंख्या बृद्धिदर घट्यो

हिमालखबर

राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालमा पुरुषको संख्या कुलजनसंख्याको ४८.५० प्रतिशत छ भने महिलाहरु ५१.५० प्रतिशत छन् । यस अनुसार प्रति १०० महिलामा पुरुषको संख्या ९४.१६ मात्रै छ ।

त्यस्तै शहरी क्षेत्रमा जनघनत्व निकै उच्च छ । सबै भन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (४४१६ जना प्रति वर्ग किलोमिटर) र सबै भन्दा कम मनाङ जिल्लामा (३ जना प्रति वर्ग किलोमिटर) छ । त्यस्तै तराईको जनसङख्या बढेको छ ।

देशभित्र बोल्ने मातृभाषाको सङख्या १२३ वटा देखिएको छ । विगतको जनगणनाले मातृभाषाको सङ्ख्या ९२ वटा मात्र देखाएको थियो । नेपाली भाषा बोल्ने जनसङख्या ४४.६ प्रतिशत देखिएको छ । नेपाली पछि मातृभाषाको रुपमा वढि वोलिने भाषाहरूमा मैथिली (११.७ प्रतिशत), भोजपुरी (६.० प्रतिशत), थारु (५.८ प्रतिशत), तामाङ (५.१ प्रतिशत) र नेवार (३.२ प्रतिशत) छ ।

२०५८ सालको जनगणनामा ८०.८ प्रतिशत रहेका हिन्दुहरूको जनसङ्ख्या यस जनगणनामा आइपुग्दा ८१.३ प्रतिशत पुगेको छ । वौद्ध धर्मावलम्वीहरू कुल जनसङख्याको ९ प्रतिशत रहेका छन् । इस्लाम, किरात, क्रिश्चियन र प्रकृति धर्म मान्नेहरूको जनसङख्या क्रमशः ४.४, ३.०, १.४ र ०.४ प्रतिशत पाइएको छ ।

११ मंसीरमा प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय जनगणना २०६८ प्रतिवेदन  विमोचन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>