समाचारमंगलबार, पौष १४, २०७२

कोइराला र देउवालाई आराम गर्न पौडेलको सुझाव

हिमालखबर

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सभापति सुशील कोईराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई नेतृत्व छाडेर आराम गर्न सुझाव दिएका छन् ।

१४ पुसमा गुल्मीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा पौडेलले आगामी महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने भन्दै कोइराला र देउवालाई प्रतिस्पर्धामा नउत्रिन भनेका हुन् ।

उनले भने, “उहाँहरु आफैंले नेतृत्व नछोडे कार्यकर्ताहरुले नै आराम गराइदिने छन् ।”

उनले पार्टी सभापति पदका लागि आफ्नो पक्षमा माहौल बनेको दाबी गर्दै थपे, ‘अब उहाँहरुले नेतृत्व गरेर पार्टी चल्दैन, कांग्रेस पुरानो ढर्राबाट बाहिर आउनु पर्छ ।”


मोर्चाको विरोध जारी रहे पनि आन्दोलन रोकिन्छ

उनले मधेश केन्द्रित दलका नेताहरु आन्दोलन छाडेर सहमति आउन चाहे पनि पहिले अति भ्रम सिर्जना गरेका कारण अहिले सहमतिमा आउन गाह्रो भएको आरोप लगाएका ।

“पहिले ठूलाठूला ११ बुँदे माग राख्नुभयो, अहिले ७ बुँदामा आउनुभएको छ ।”

उनले मधेशी मोर्चाको विरोध जारी रहे पनि मधेशमा जारी आन्दोलन भने रोकिने दाबी गरे । भने, “उहाँहरुको विरोध त सँधै चल्छ जस्तो छ, मधेशमा एक प्रदेश नभए सम्म उहाँहरु बिरोध गरिरहनुहुन्छ । तर आन्दोलनको निकास निस्किने बाटोमा छ ।”

नेपाली कांग्रेसले आन्दोलन अन्त्य गराउनका लागि भूमिका निर्वाह गरिरहेको र चाँडै स्वरुप परिवर्तन हुँदै आन्दोलन रोकिने उनले बताए ।
गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>