समाचारबिहीबार, पौष १६, २०७२
घुस लिएको अभियोगमा यातायातका निर्देशक नविनकुमार पोख्रेल पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक नविनकुमार पोखरेललाई इलेक्ट्रिक स्कुटर आयातका लागि सिफारिस गरेवापत घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
भारतबाट स्कुटर आयात गर्न चाहने सेवाग्राहीसँग लिएको रु १ लाख ८० हजार घुस रकम सहित उनलाई यातायात व्यवस्था विभाग नयाँबानेश्वरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
एवन साइकल्स लिमिटेडको इलेक्ट्रिक स्कुटर झिकाउन नेपालगञ्ज भन्सार कार्यालयले आयातकर्ताबाट विभागको सिफारिस माग गरेपछि उक्त सिफारिस बनाउन पोखरेलले प्रति स्कुटर रु ५ हजारका दरले ३६ वटाको जम्मा रु १ लाख ८० हजार लिइसकेको अवस्थामा पक्राउ गरेको उल्लेख गरेको छ ।
अहिले पोखरेललाई नियन्त्रणमा लिई अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।
