समाचारमंगलबार, मंसिर १२, २०६९

राष्ट्रपति यादव र एमाओवादी अध्यक्षबीच छलफल

हिमालखबर

१२ मंसीर विहान शीतल निवस पुगेका एकीकृत माओवादी अध्यक्ष दाहाललाई १४ गतेभित्रै सहमतिको सरकार गठनको लागि भूमिका खेल्न राष्ट्रपतिले आग्रह गरेको भेटपछि दाहालले जानकारी दिए । उनले सहमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट भएको आह्वानलाई सकारात्मक तवरले लिंदै सहज वातावरण बनाउनतर्फ लाग्नु पर्नेमा जोड दिएका छन् ।

अध्यक्ष दाहालले राष्ट्रपतिको आह्वानपछि आएको मन्त्रिपरिषदको निर्णयको विषयमा धेरै विवाद गर्न नहुने भन्दै वातावरण सहज बनाउन आफूले प्रयास गरेको बताए । उनले आफूले १२ मंसीर बिहान प्रधानमन्त्री बाबुराम भट्टराईसँग छलफल गरेको र वादविवाद नगरी वातावरण सहज बनाउन भनेको पनि जानकारी दिए ।  अध्यक्ष दाहालले आजै बिहान उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग पनि छलफल गरेका थिए ।

राष्ट्रपतिले आह्वान गरेको समयसीमामा सहमति हुन नसके दलहरुको सुझावमा राष्ट्रपतिले समय थप्नुको विकल्प नरहेको भन्दै दाहालले थपे, “आज र भोलिमा सहमतिको कोसिस होस् भन्ने राष्ट्रपतिको आसय छ, अब धेरै विषय छैनन्, यथार्थ कुरा के हो भने राष्ट्रिय सहमितको सरकारको नेतृत्व कसले गर्ने विषयसँगै सबै विषय टुङ्गिन्छ ।”

राष्ट्रपतिले वर्तमान प्रधानमन्त्री भट्टराईको नेतृत्वमा सहमति भए पनि आफूलाई आपत्ति नहुने बताएको जानकारी दिंदै दाहाले भने, “तर नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलले एउटा धारणा बनाइसकेको सन्दर्भमा जसको विषयमा सहमति हुन्छ त्यसैमा छलफल केन्द्रित हुन्छ ।”

राष्ट्रपतिसँगको भेटमा दाहालले सहमतीय सरकार गठनको लागि भइरहेको प्रयास र राष्ट्रपतिको आह्वानपछि गठबन्धन सरकारमा परेको अप्ठ्याराका विषयमा जानकारी गराएको शीतल निवास स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>