समाचारमंगलबार, मंसिर १२, २०६९
गुरुलाई चेलाले निर्घात कुटे
८/१० जनाको संख्यामा रहेका विद्यार्थीहरुको समूहले प्राध्यापक पिन्टु यादवलाई १२ मंसीरमा निर्घात कुटेका हुन् । सप्तरीको एक मात्र यो सरकारी क्याम्पसमा दुई बर्ष अगाडि तत्कालिन क्याम्पस प्रमुख देवीदत्त साह पनि विद्यार्थीहरुबाटै निर्घात कुटिएका थिए ।
आंशिक प्राध्यापक यादव शिक्षा संकायको स्नातक प्रथम बर्षको कक्षा सकेर बाहिर निस्किंदै गर्दा विद्यार्थीहरुले उनीमाथि काठको मूढाले प्रहार गरेका थिए । कुटई खाएका प्राध्यापक यादवले आफुमाथि शिक्षा संकाय स्नातकका पूर्व इन्चार्ज रामआशिष यादवको निर्देशनमा आक्रमण भएको दाबी गरेका छन् । घाइतेको सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
घटनापछि क्याम्पसको सम्पूर्ण पठनपाठन अवरुद्ध भएको छ भने घटनाबारे छानबिन गरी आधिकारिक धारणा सार्वजनिक गरिने क्याम्पस प्रमुख चिरञ्जिवीलाल देवले बताएका छन् । श्रवणकुमार देव, सप्तरी
