समाचारमंगलबार, मंसिर १२, २०६९

एमाओवादीले कांग्रेस–एमालेको नेतृत्व नस्वीकार्ने

हिमालखबर

१२ मंसीरमा बसेको एमाओवादी पदाधिकारी र ब्यूरो इञ्चार्जहरुको बैठकले सकभर वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वप दिनुपर्ने, यदि विकल्प दिनै परेमा सत्तारुढ गठकबन्धनकै नेतृत्व हुनुपर्ने निर्णय गरेको हो ।

अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले विघटित संविधान सभामा ठूलो दलको नाताले एमाओवादी नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिएर अघि बढ्नुपर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकपछि सञ्चराकर्मीहरुस“ग कुरा गर्दै सापकोटाले अहिले सरकारको नेतृत्व गरिरहेकाले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा कांग्रेस एमाले सहभागी हुनुपर्ने बताए । उनले बरु जिम्मेवारी बाँडफाँड लचकता अपनाउन पार्टी तयार रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>