समाचारमंगलबार, मंसिर १२, २०६९

कोइराला प्रधानमन्त्री भए देउवालाई मान्य

हिमालखबर

१२ मंसीर साँझ देउवा निवास बुढानिलकण्ठमा सम्पन्न उनी निकट नेताहरुको छलफलमा सभापति कोइराला प्रधानमन्त्री पदका लागि इच्छुक भएको र उनको नाममा दलहरुबीच सहमति भए देउवालाई मान्य हुने बताइएको कांग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

“सभापति कोइरालाका नाममा सहमति जुट्छ भने देउवा बाधक बन्नु हुन्न,” हिमालखबरसँग विश्वकर्माले भने, “तर, सभापतिले पार्टीभित्रको विवाद मिलाउनुपर्छ ।” देउवा पक्षधर भनेर कुनै औपचारिक भेला नभएको भन्दै कांग्रेसका नेताहरुबीच छलफल मात्रै भएको उनको भनाई थियो ।

१३ मंसीरमा सभापति कोइराला र नेता देउवाबीच छलफल भएपछि बस्ने केन्द्रीय समितिको बैठकले सबै विषयमा टुंगो लगाउने नेताहरुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>