परिवर्तित तालिकाअनुसार अब हप्तामा पाँच दिन आठ घण्टा, एक दिन नौ घण्टा र एक दिन सात घण्टा विद्युत् कटौती हुनेछ ।
नदीहरुमा पानीको जलस्तर घट्न गएको र भारतबाट आपूर्ति गरिँदै आएको विद्युत्को आपूर्तिमा कमी भएकोले लोड्सेडिङ् बढेको विद्युत प्राधिकरणले जनाएको छ ।