समाचारमंगलबार, मंसिर १२, २०६९

एमालेलाई एमाओवादी नेतृत्व अस्वीकार

हिमालखबर

एमाले केन्द्रीय कार्यालय बल्खुमा जारी पोलिटब्युरो बैठकमा बोल्ने सदस्यहरुले गैरमाओवादी राजनीतिक नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राखेका हुन् । १२ मंसीरमा दिनभर चलेको  बैठकमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा पनि सरकार गठन गर्न नहुने धारणा आएको पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।

एनेकपा माओवादीले सत्तारुढ गठबन्धन भित्रबाटै नयाँ नेतृत्व चयन हुनुपर्ने निर्णय गरेका बेला एमालेको यस्तो धारणा आएको हो । यसअघि नै एमालेले नेपाली कांग्रेसको नेतृत्व स्वीकार गर्ने  बताइसकेको छ भने कांग्रेसको नाममा सहमति जुटाउन सभापति सुशील कोइराला प्रयासरत छन् ।

त्यस्तै जारी एमाले पोलिट ब्युरो बैठकमा राष्ट्रपतिबाट सहमतीय सरकारका लागि गरिएको आह्वानलाई स्वागत गर्ने, राष्ट्रपतिको आह्वानविरुद्ध मन्त्रिपरिषद्ले असंवैधानिक भनी गरेको निर्णय सर्वसत्तावाद भएकाले त्यसको विरोध गर्ने प्रस्ताव र सहमतीय सरकारको नेतृत्वलगायतका विषय प्रस्तुत गरिएको थियो ।

उक्त बैठकमा नेता केपी ओली, पोलिटब्युरो सदस्यहरू मुकुन्द न्यौपाने, रघुजी पन्त, प्रकाश ज्वाला, रामचन्द्र झा, प्रदीप नेपाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्ने क्रम नसकिएकोले  १३ मंसीर बिहान बैठक पुनः बस्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>