समाचारबुधबार, मंसिर १३, २०६९

माओवादीले विस्थापित गराएका केन्द्रको प्रधानमन्त्रीले उद्घाटन गर्न लागेकोमा विरोध

हिमालखबर

२०३३ सालदेखि स्थापना भएका एकीकृत सेवा केन्द्र अन्तर्गतका मालपोत, नापी, नेपाल बैंक, कृषि विकास बैंक, ईलाका प्रशासनलगायतका कार्यालयहरु माओवादी द्वन्द्वका कारण विस्थापित भएको र २०६२/६३ को जनआन्दोलन पश्चात जनताको शान्ति सुरक्षालाई ध्यानमा राखी पुन स्थापित हुन लागेको अवस्थामा भ्रामक शैलीमा प्रधानमन्त्रीद्वारा उद्घाटन गर्न लागेको भन्दै प्रेस विज्ञप्ती जारी गरी विरोध जनाइएको छ ।

राष्ट्रघाति र देशलाई अनिर्णयको बन्दी बनाई सहमतिको ढोका बन्द गर्ने बाबुराम भट्टराइको कार्यक्रममा सहभागि हुनु औचित्य हिन रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री बाबुरमा भट्टराई आजै बुर्तिबाङ्मा एकीकृत सेवा केन्द्र र धौलागिरी अञ्चल अस्पतालको नवनिर्वाचित भवनको उद्घाटन गर्न हेलिकप्टरबाट बाग्लुङ् गएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>