समाचारबुधबार, मंसिर १३, २०६९

प्रधानमन्त्रीलाई कालो झण्डा, आधा दर्जन घाइते

हिमालखबर

अस्पतालको भवन उद्घाटन सकेर कार्यालय प्रमुखहरूलाई निर्देशन दिन बालमन्दिर सभाहल जाँदै गर्दा प्रधानमन्त्रीलाई नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।
प्रमलाई कालोझण्डा देखाएपछि प्रहरीले उनीहरूमाथि लाठी प्रहार गरेको थियो ।  प्रहरीको लाठी प्रहारबाट नेविसङ्घका जिल्ला अध्यक्ष हरिहर शर्मा, अनेरास्ववियुका जिल्ला अध्यक्ष नारायण पौडेल, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष रिम रोका, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम खत्री, नेविसङ्घका जोगलाल बुढा, पूर्ण आचार्य, बालकृष्ण शर्मालगायत घाइते भएको अनेरास्ववियुका अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

त्यस्तै बागलुङ्को बुर्तिबाङमा एकीकृत सेवा केन्द्रको उद्घाटन प्रधानमन्त्रीले गरेकोमा कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले विरोध जनाएका छन् ।

२०३३ सालदेखि स्थापना भएका एकीकृत सेवा अन्तर्गतका मालपोत, नापी, नेपाल बैंक, कृषि विकास कार्यालय, इलाका प्रशासन कार्यालय माओवादी द्वन्द्वका कारण विस्थापित भएको र २०६२/०६३ को आन्दोलनपश्चात पुनःस्थापित हुन लागेका बेला भ्रामक शैलीमा प्रधानमन्त्रीले उद्घाटन गरेको भन्दै विज्ञप्ति जारी गरेर विरोध जनाइएको छ । “राष्ट्रघाति र देशलाई अनिर्णयको बन्दी बनाई सहमतिको ढोका बन्द गर्ने बाबुराम भट्टराईको कार्यक्रममा सहभागी हुनु औचित्यहिन रहेको,” विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले कसैको उक्साहटमा राष्ट्रपतिले कार्यकारी अधिकार लिन खोजे पूर्व राजा ज्ञानेन्द्रको जस्तो अवस्था हुने चेतावनी दिएका छन् ।

अन्तरिम संविधान अनुसार राष्ट्रपतिले मन्त्रिपरिषदले सिफारिस गरेको काम मात्र गर्नुपर्ने प्रधानमन्त्री भट्टराइले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>