समाचारबुधबार, मंसिर १३, २०६९

माधव नेपाल नेतृत्वको वार्ताटोली सक्रिय हुने

हिमालखबर

नेकपा एमालेको १३ मंसीरमा सम्पन्न पोलिटब्युरो बैठकले सहमतीय सरकार गठन गरी मुलुकको गतिरोध अन्त्य गर्न नेता नेपाल नेतृत्वको संयोजकत्वमा गठित वार्ता समितिलाई क्रियाशील बनाउने निर्णय गरेको हो ।

पार्टी मुख्यालय बल्खुमा दुई दिनसम्म चलेको बैठकले राष्ट्रपतिको आह्वानअनुरूप राजनीतिक सहमतिको सरकार गठन गर्न सक्रिय पहलकदमी लिने र त्यसका लागि नेता नेपाललाई जिम्मा दिने निर्णय गरिएको सचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठकले राष्ट्रपतिबाट सहमतीय सरकारका लागि गरिएको आह्वानलाई स्वागत गर्ने, राष्ट्रपतिको आह्वानविरुद्ध मन्त्रिपरिषद्ले असंवैधानिक भनी गरेको निर्णय सर्वसत्तावाद भएको तथा सत्ता नछाड्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले समसामयिक विषयमा निर्णय लिन २५ मंसीरमा पार्टी केन्द्रीय समितिको बैठक र पार्टी विधान संशोधनका लागि २५ माघदेखि २७ माघसम्म राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको सचिव पौडेलले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>