समाचारबिहीबार, मंसिर १४, २०६९
समयसीमा सकिंदै, राष्ट्रपतिले प्रमुख दलहरुसँग छलफल गर्ने
एक हप्ताका लागि दिएको समयमा दलहरुले कुनै सहमति जुटाउन नसकेपछि राष्ट्रपति रामवरण यादवले फेरि समय थप गर्ने तयारी गरेका छन् । त्यसकालागि राष्ट्रपतिले १४ मंसीर साँझ प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।
प्रमुख दलहरुको छलफलपछि आजै अर्को समय सीमा तोकिने राष्ट्रपतिको सचिवालयले जनाएको छ । सहमतिका लागि दिएको समय सकिए पनि बहुमतीय आह्वान वा अन्य प्रक्रिया शुरु भने नहुने राष्ट्रपतिका सल्लाहाकारहरुले बताएका छन् ।
राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरुलाई आह्वान गरेको म्याद १४ मंसीर बेलुका ४ बजे सकिंदैछ । राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले सहमतीय सरकार गठन वाहेकको अरु विकल्पमा कदम नचाल्ने जानकारी दिएका छन् ।
