समाचारबिहीबार, मंसिर १४, २०६९
प्रधानमन्त्रीका लागि पहिलो प्रस्ताव दर्ता
आफूलाई साना १८ दलको समर्थन रहेको भन्दै १४ मंसीर अपरान्ह उनले प्रधानमन्त्री बन्न प्रस्ताव दर्ता गराएका हुन् । महतोको नाममा राष्ट्रवादी युवा मोर्चाका श्यामकुमार थापा र लिग नेपाल शान्ति एकता पार्टीका जयवहादुर खत्री क्रमशः समर्थक र प्रस्तावक रहेका छन् ।
साना १८ दलका प्रतिनिधि सहित शितल निवास पुगेका महतोले राष्ट्रपतिले तोकेको समयसीमा १४ मंसीर दिनको ४ बजेसम्म अरु प्रस्ताव नपरे आफूलाई निर्विरोध प्रधानमन्त्रीमा चुनिएको घोषणा गर्नु पर्ने माग गरेका छन् ।
प्रस्ताव दर्ता गराउनका लागि गएका उनीहरुमध्ये महतोलाई मात्रै सुरक्षाकर्मीले कार्यालय भित्र प्रवेश गराएपछि प्रस्ताव, समर्थक लगायतले राष्ट्रपति कार्यालय बाहिर नारावाजी गरेका थिए ।
