समाचारबिहीबार, मंसिर १४, २०६९

दुई माओवादीको विवाद, पाल्पाको रेडियोमा प्रहरीको ताल्चा

हिमालखबर

१३ मंसीरदेखि प्रसारण बन्द भएको रेडियोका कर्मचारी र पार्टीका कार्यकताहरु बीच झडपको अवस्था आएपछि प्रहरीले एफ,एममा ताला लगाएर सुरक्षा दिईरहेको छ ।

पार्टी शान्ती प्रकृयामा आएदेखि तत्कालिन नेकपा माओवादीले संचालन गर्दे आएको रेडियो पछिल्लो समयमा नेकपा–माओवादी (वैद्य नेतृत्व) निकटका रेडियोकर्मीहरुले मात्र सञ्चालन गर्दै आएका थिए । रेडियोमा एकीकृत नेकपा माओवादीले आफ्ना मातहतका रेडियोकर्मीहरुलाई पनि काम गर्ने निर्देशन दिएपछि विवाद भएको हो ।

पार्टी विभाजन भएपछि दुबै पक्षले रेडियोलाई आ– आफ्नो दावी गर्दै आएका छन् । रेडियोसहित जिल्लस्थित अन्य सम्पत्तिको टुङ्गो लगाउन दुई पक्षबीचका छलफल अहिलेसम्म पनि टुंगोमा पुग्न सकेको छैन । दुवै पक्षले रेडियोलाई आफ्नै मातहतमा ल्याउन खोज्दा झडपको सम्भावना देखेर ताला लगाएर सुरक्षा दिनुपरेको पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेस्वर रेग्मीले बताए ।

एकीकृत नेकपा माओवादी पाल्पा इन्चार्ज वसन्त शर्मा कुशलले सहमति अनुसार नै आफूले आफ्ना पक्षका रेडियोकर्मीलाई रेडियोमा जान निर्देशन दिएको बताएका छन् । तर नेकपा–माओवादीका इन्चार्ज वसन्त घर्तिमगरले भने पटक पटक भएको सहमति एनेकपा माओवादीले उल्लंघन गर्दै आएको र एक्कासी सहमति विपरीत रेडियो कव्जा गर्ने शैलीमा आएकोले आफूहरु प्रतिवादको रुपमा उत्रन वाध्य भएको बताए । देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>