समाचारबिहीबार, मंसिर १४, २०६९
एमाओवादी गणतन्त्र मास्ने षडयन्त्रमाः नेपाल
रिपोर्टर्स क्लबले १४ मंसीरमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले गणतन्त्रको प्रतिकको रुपमा रहेका राष्ट्रपतिलाई आरोपित गर्नु गणतन्त्र मास्ने षडयन्त्र भएको दावी गरेका हुन् । “माओवादीले के गर्न खोजेको हो ? उसको गतिविधिले गम्भीर आशंका उब्जाएको छ,” नेपालले भने ।
राष्ट्रपतिलाई धम्काए राम्रो नहुने चेतावनी दिंदै नेता नेपालले एकीकृत माओवादीका कारण मुलुक द्वन्द्वतिर उन्मुख भएको बताए । सहमतिको आह्वान गरेर राष्ट्रपतिले जोखिम मोलेको तर्क गर्दै नेपालले अब राष्ट्रपतिले नै मुलुकलाई निकास दिनुपर्ने धारणा राखे ।
उनले बाबुराम भट्टराईको नेतृत्व कुनै दृष्टिकोणले पनि स्वीकार्य नहुने स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता भएका बहुमत दल र सरकारमै रहेका दलको समर्थनसमेत विपक्षी गठनबन्धनलाई रहेको दावी गरे ।
बर्तमान सरकारको विस्थापन सबैले चाहेको नेता नेपालको भनाई थियो ।
