समाचारशुक्रबार, मंसिर १५, २०६९
भारतीय नेता करण सिंह नेपाल आउँदै
नेपाल सम्बन्धमा जानकार मानिने सिंहलाई पूर्व राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएका बेला पनि भारत सरकारले आन्दोलनरत सात दल र दरबारबीच मध्यस्थकर्ताका रुपमा नेपाल पठाएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा र पूर्वराजपरिवारका समेत नातेदार उनी आजै साँझ अध्यक्ष राणाले आयोजन गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । रात्रि भोजमा प्रमुख दलका शीर्ष नेताहरु पनि सहभागी हुने कार्यक्रम रहेको बुझिएको छ । उनी नेपाल आउन लागेको राप्रपा अध्यक्ष राणाले पुष्टि गरेका छन् ।
सिंह आज बेलुका ५ बजे आर्मी अफिसर्स क्लबमा आयोजना हुने मालविय मिसनको कार्यक्रममा सहभागी हुने भारतीय दूतावासका अधिकारी डा. मोहन चन्द्रले जानकारी दिए ।
करण सिंह भारतीय सत्ता गठबन्धन युपिएकी अध्यक्ष सोनिया गान्धि निकटका नेता मानिन्छन् ।
