समाचारशुक्रबार, मंसिर १५, २०६९
चीन र भारत दुवैको चाहना एउटै: चिनियाँ राजदूत
उनले पछिल्लो अवस्थामा नेपालबारे बेइजिङ् र चीनले परामर्श गरिहेको पनि प्रष्ट पारे । उनी आफैं पनि भारतीय राजदूत जयन्तप्रसादसँग निरन्तर सम्बादमा रहेको बताएका छन् ।
१५ मंसीरमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदूत होउलानले नेपालले वर्तमान संकटको अवस्थाबाट छिटो निकास पाउनेमा चीन आशावादी रहेको भन्दै उनले नेपालको पछिल्लो राजनीतिक अवस्था जटिल भए पनि त्यसलाई सहमतिमै दलहरूले समाधान गर्ने विश्वास ब्यक्त गरे । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
राजदूत होउलानले नेपालको राजनीतिक स्थायीत्वको लागि चीनको कस्तो सहयोग कसरी चाहिन्छ त्यो पनि नेपाली जनताले नै निधो गर्नु पर्नेमा जोड दिए । उनले केही शक्तिहरुले चीनको स्थीरतामा असर पार्न तिब्बती मुद्दा उठाईरहेको भन्दै यसले नेपाललाई समेत दबावमा पारेको धारणा राखेका थिए ।
