समाचारशनिबार, मंसिर १६, २०६९
कांग्रेस नेता भीमबहादुर तामाङको निधन
विहान ८:३० बजे ‘मर्निङ वाक’ बाट फर्केका ७८ वर्षीय तामाङलाई अचानकै दम बढेपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । अस्पताल पुग्दा उनमा जीवनको कुनै लक्षण नभेटिएको अस्पताल स्रोतले बताएको छ ।
अधिवक्ता एवम् पूर्व सभासद् राधेश्याम अधिकारीको घरमा बस्दै आएका तामाङ्लाई अधिकारीले अस्पताल पु¥याएका थिए । अस्पताल पुगेलगत्तै उनको निधन भइसकेको चिकित्सकहरुले पुष्टि गरेका थिए ।
नेपाली कांग्रेसमा इमान्दार र निष्ठाबान नेताको छवी बनाएका कांग्रेस केन्द्रीय सदस्य तामाङ अन्तिम समयसम्म पनि पार्टीमा सक्रिय थिए । कानूनमन्त्रीसमेत रहिसकेका तामाङ् नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनमा सभापति पदका प्रत्याशी थिए । २००७ सालको क्रान्तिदेखि नेपालमा भएका प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा सक्रिय तामाङ मुलुकमा जातीय विद्वेश बढ्दै गएकोमा चिन्तित थिए ।
दोलखा स्थायी घर भएका तामाङका १ छोरा र १ छोरी छन् ।
तमाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने नेपाली कांग्रेसले जनाएको छ । उनको अन्त्येष्टी १७ मंसीरमा स्वयम्भूमा तामाङ परम्परा अनुसार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
