समाचारशनिबार, मंसिर १६, २०६९

मुलुक गम्भीर संकटमा: नेता नेपाल

हिमालखबर

१६ मंसीरमा चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेपालले एमाओवादीको सत्तालिप्साका कारण मुलुकमाथि संकट आइलागेको र गणतन्त्रसमेत खतरामा परेको बताए । उनले भने, “गणतन्त्रको प्रतिकका रुपमा रहेका राष्ट्रपतिलाई विवादमा तानेर माओवादीले गणतन्त्रमाथि नै खतरा पैदा गरेको छ ।”

उनले धाकधम्कीको बलमा सरकारमा टिकिरहने एमाओवादी नेतृत्वको सरकारका विरुद्ध उत्रन सबैलाई आह्वान गरे । राष्ट्रिय सहमतिको सरकारले मात्रै निर्वाचन गराउन सक्ने बताएका नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता छोडेर सहमतिका लागि आंफै अग्रसर भएमा मात्रै सहमति हुनसक्ने धारणा राखे ।

चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिएर मुलुकलाई वर्तमान संकटबाट निकास दिनुपर्ने नेता नेपालको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>