थप समाचारमंगलबार, चैत्र २, २०७२
सप्तरी: १८ वर्षमुनिको बालविवाह ८३ प्रतिशत
सप्तरीमा १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नेको सङ्ख्या ८३ प्रतिशत रहेको छ ।
१ चैतमा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बालविवाह तथा दाइजो उन्मूलन राष्ट्रिय अभियानका संयोजक राजकुमार महतोले सन् २०१५ मा गरिएको अनुसन्धानले सप्तरीमा १५ वर्षभन्दा मुनिका उमेरमा विवाह गर्नेको सङ्ख्या भने २८ प्रतिशत देखिएको र १८ वर्ष भन्दा मुनी यो सख्या ८३ प्रतिशत रहेको बताए ।
खासगरी दाइजो प्रथाका कारणले बालविवाहको सङ्ख्यामा वृद्धि भएको र यो समस्या तराई मधेशमा मात्रै नभई हिमाल, पहाड र राजधानी काठमाडौँमा समेत देखिएको संयोजक महतोले जिकिर गरे ।
बालविवाह र दाइजो उन्मूलन अभियानका सदस्य रुपा झाले दहेजरुपी दानवलाई समाप्त पार्न सबै पक्षले आआफ्नो स्थानबाट आवाज उठाउनुपर्नेमा जोड दिइन् ।
रासस
