थप समाचारबुधबार, चैत्र ३, २०७२
जबर्जस्ती लोला हाने, रङ छ्यापे सार्वजनिक मुद्दा
जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्वका नाममा जबर्जस्ती लोला हान्ने, अबिर, रङ तथा मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने रासायनिक पदार्थ छ्याप्ने तथा दल्ने कार्य नगर्न/नगराउन सबैसँग अनुरोध गरेको छ ।
कार्यालयले आज एक विज्ञप्ति जारी गरी कसैको इच्छाविपरीत लोला हाने स्थानीय प्रशासन ऐन, २०२८ तथा केही सार्वजनिक (अपराध र कसुर) ऐन, २०२७ को दफा २ तथा ६ बमोजिम कारबाही हुने जनाएको छ ।
होली पहाडी जिल्लाहरुमा ९ चैत र तराईका जिल्लाहरुमा १० चैतमा मनाइँदैछ ।
