समाचारआइतबार, मंसिर १७, २०६९
सरकारको बहिर्गमन नहुँदासम्म सहमति हुँदैनः खनाल
रिपोर्टर्स क्लबले १७ मंसीरमा खनाल निवास डल्लुमा आयोजना गरेको अन्तरक्रियामा उनले सहमतिको मुख्य बाधक सरकार भएको भन्दै प्रधानमन्त्री भट्टराईले सरकार नत्यागेसम्म सहमति सम्भव नभएको बताएका हुन् । उनले सञ्चार माध्यमा हल्ला गरिए जस्तो भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गर्दै सरकार परिवर्तन नभएसम्म केही पनि नहुने स्पष्ट पारे । उनले भने, “वर्तमान सरकार नहटेसम्म भावी सरकारको नेतृत्वका लागि नाम प्रस्ताव गर्नुको पनि औचित्य छैन ।”
अध्यक्ष खानलले राष्ट्रपतिले दिएको समयभित्रै सहमति जुटाउन आफूले सक्दो प्रयास गरेको भन्दै सबै दलका नेताहरुसँग निरन्तर छलफल जारी रहेको जानकारी दिए । उनले थपे, “एकीकृत माओवादीले वार्तामा चासो नदिएर सहमति हुन नदिने मनस्थिति बनाएको छ ।”
