समाचारसोमबार, मंसिर १८, २०६९
साझा उम्मेदवार एमालेले दिनेः अध्यक्ष खनाल
उनले एकीकृत माओवादीको गैरजिम्मेवारी पनका कारण मुलुकले निकास पाउन नसकेको भन्दै नयाँ सरकारका लागि अरु दलहरुले साझा उम्मेदवार दिन नसके एमालेले सरकारको नेतृत्व गर्न सक्ने बताएका हुन् ।
प्रेस चौतारी झापाले १८ मंसीरमा दमकमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष खनालल संवैधानिक निकायमा शुरु भएको पदीय रिक्तताले थप सङ्कट ल्याउनसक्ने भएकाले संविधान संशोधन आवश्यक रहेको र यसका लागि पनि राजनीतिक सहमति आवश्यक रहेको बताए । राजनीतिक सहमतिको आधारमा संविधान संशोधन गरी संवैधानिक रिक्तताको अवस्थाबाट मुलुकलाई निकास दिनु जरुरी रहेको उनको भनाई थियो ।
उक्त भेटघाटमा पूर्वसभाध्यक्ष सुवास नेम्बाङले दलहरुले सहमतिमा साझा सरकार बनाएर चुनाव सम्पन्न गर्ने कार्यदिशा अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
नेताद्वय इलामको माङसेबुङमा आयोजना हुने किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ५९ औं जन्मोत्सव कार्यक्रममा सहभागी हुन जानेक्रममा यहाँ आएका हुन् ।
