समाचारमंगलबार, मंसिर १९, २०६९
राष्ट्रपतिले भने, ‘मुलुककै बेइज्जत नगर्नुस’
१९ मंसीर बिहान शीतल निवासमा प्रमुख दलका नेताहरुलाई राष्ट्रपति यादवले सहमतिको सरकार गठनका लागि दुइदिनभित्रै नाम प्रस्ताव गर्न भन्दै अव पनि सहमति नभए मुलुककै बेइज्जत हुने बताएका हुन् ।
“राष्ट्रपतिले भन्नुभयो, जसरी भए पनि सहमति गर्नुस,” एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिलाई उद्धृत गर्दै भने, “मुलुककै बेइज्जत हुन थाल्यो ।” विहान नौ बजेदेखि शीतलनिवासमा डेढघण्टा छलफल गरेका दलहरु कुनै निष्कर्षमा पुग्न सकेनन् र दिउँसो तीनबजे छलफल गरी प्याकेजमै सहमति गर्ने भन्दै बाहिरिएका थिए ।
छलफलमा सहभागी मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारले १९ मंसीरमै सहमति भइसक्ने दावी गरे । उनले भने, “दलहरुबीच दिउँसो हुने छलफलमा सहमति हुनेछ ।”
सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई राष्ट्रपतिले दिएको समयसीमा सकिन अब दुइ दिनमात्रै बाँकी छ ।
