समाचारमंगलबार, मंसिर १९, २०६९

शरणार्थी शिविरमा आगलागी हुँदा १०६ घर ध्वस्त

हिमालखबर

दिउँसो १:३० बजेबाट शिविरको सेक्टर सीको एक घरबाट शुरु भएको आगलागीमा परी ८४ घर जलेर ध्वस्त भएको र २२ वटा घरहरु आगो फैलन नदिन भत्काइएको स्थानीय पत्रकार गोपाल गड्तौलाले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति भएको छैन भने अन्य क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीमा परेका परिवारहरुको विचल्ली भएको छ । हाल उनीहरुलाई नजिकैको सरकारी विद्यालयमा राखिएको छ भने खानाको व्यवस्था कारितास नामक संस्थाले गर्ने भएको छ ।

दमक नगर पालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको करिब अढाई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>