समाचारबुधबार, मंसिर २०, २०६९
कोइराला केन्द्रीय समितिबाट सर्वसम्मत
२० मंसीर दिउँसो बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा सहमतीय सरकारको प्रधानमन्त्रीको उम्मेदवारका लागि कोइरालाको नाम उपसभापति रामचन्द्र पौडेलले प्रस्ताव गरेपछि वरिष्ठ नेता शेरबहादुर देउवाले समर्थन गरेका थिए । त्यसपछि केन्द्रीय समितिका सबै सदस्यले ताली बजाएर उक्त प्रस्तावको स्वागत गरे ।
सहमतिको सरकार गठनका लागि सरकारको नेतृत्वकर्ताको नाम प्रस्ताव गर्न राष्ट्रपतिले दोस्रो पटक तोकेको समयसीमा सकिनु एक दिन अघि कांग्रेसले आफ्ना तर्फबाट उम्मेदवारको नाम घोषणा गरेको हो । १९ मंसीरमा भएको तीन दलको बैठकमा एकीकृत माओवादी र एमालेले पनि कांग्रेससँग भावी प्रधानमन्त्रीको नाम मागेका थिए ।
आजै प्रमुख राजनीतिक दलहरुबीच छलफल गरी प्रधानमन्त्रीको साझा उम्मेदवार तय गर्ने दलहरुले बताएका छन् ।
कांग्रेस सभापति कोइराला प्रधानमन्त्रीका उम्मेद्वार
प्रमुख दलहरूको संयुक्त बैठकमा एमाओवादी र एमालेले उम्मेद्वार प्रस्तुत गर्न आग्रह गरेको भोलिपल्ट नेपाली कांग्रेसले पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
कांग्रेस पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको २० मंसीरमा बसेको बैठकले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । औपचारिक निर्णयका लागि आजै केन्द्रीय समिति बैठक बस्न लागेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । बैठकमा कोइरालाको नाम पौडेलले प्रस्ताव गर्ने र वरिष्ठ नेता शेरबहादुर देउवाले समर्थन गर्ने भएका छन् ।
राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका थप गरेको म्याद सकिन एक दिन बाँकी छँदा कांग्रेसले पार्टी सभापतिलाई अघि सार्ने निर्णय गरेको हो ।
