समाचारबुधबार, मंसिर २०, २०६९
नेपालमा भ्रष्टाचार बढ्यो
प्रतिवेदनका अनुसार विश्वका एक सय ७४ देशमध्ये नेपाल १ सय ३९ औं स्थानमा परेको छ । बढ्दो संख्याले बढी भ्रष्टाचार बढी भएको संकेत गर्छ । त्यस्तै नेपाल दक्षिण एशियामा अफगानिस्तान र पाकिस्तानपछि बढी भ्रष्टाचार हुने मुलुकमध्येमा परेको छ ।
नेपालमा भ्रष्टाचार न्युनिकरणमा कुनै सुधार नभएको र सरकारी तथा सार्वजनिक निकायहरुले भ्रष्टाचार कम गर्नका लागि आवश्यक उपायहरु अवलम्बन नगरेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त अध्ययनका अनुसार डेनमार्क, फिनल्याण्ड र न्युजिल्याण्ड सवैभन्दा कम भ्रष्टाचार हुने मुलुक रहेका छन् भने अफगानिस्तान, उत्तरकोरिया र सोमालिया सवैभन्दा बढी भ्रष्टारचार हुने मुलुकमध्ये रहेका छन् ।
२० मंसीरमा भ्रष्टाचारको तथ्याङ्क सार्वजनिक गर्दे ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका अध्यक्ष बिष्णुबहादुर केसीले नेपालमा भ्रष्टाचार बढ्ने क्रममा रहेको र सरकारले नियन्त्रणमा चासो नदिएको बताएका थिए ।
