समाचारबुधबार, मंसिर २०, २०६९

सर्वोच्चमा सात न्यायाधीश मात्र

हिमालखबर

दुई वर्षका लागि उक्त अदालतको अस्थायी न्यायाधीशको रूपमा नियुक्ति पाएका भरतराज उप्रेती, वैद्यनाथ उपाध्याय,  तर्कराज भट्ट,  ज्ञानेन्द्रबहादुर कार्की, डा भरतबहादुर कार्की र कमलनारायण दासको पदावधि सकिएको हो । न्यायाधीश उप्रेतीले भने केहीदिनअघि नै राजीनामा दिएका थिए ।

दसवटा इजलास भएको सर्वोच्च अदालतमा प्राय एकल इजलास, संयुक्त इजलास र पूर्ण इजलास निरन्तर सञ्चालन  हुने  र दैनिक ३०० भन्दा बढी मुद्दा तथा रिट निवेदन  दैनिक कार्यसू्चीमा चढ्ने गर्दथे । तर अब न्यायाधीशको अभावमा त्यस्ता मुद्दाहरुको छिनोफानो सहज हुने छैन ।

पुनरावेदन अदालतका न्यायाधीशको उमेर हद ६३ वर्ष र सर्वोच्च अदालतका न्यायधीशको उमेर हद ६५ वर्ष तोकिएकाले पुनरावेदन अदालतमा दरबन्दी रही सर्वोच्च अदालतको अस्थायी न्यायाधीश रहेका तर्कराज भट्ट, वैद्यनाथ उपाध्याय र ज्ञानेन्द्रबहादुर कार्कीमध्ये गत साउन महिना मै न्यायाधीश भट्टको उमेर हद ६३ नाघेकाले उनी स्वतः अवकासमा परेको र अन्य दुईजनाले भने दरबन्दी रहेको पुनरावेदन अदालत मै फर्कनुपर्ने भएको छ ।

न्यायाधीश भरतराज उप्रेती, डा भरतबहादुर कार्की र कमलनारायण दास भने कानुन व्यवसायी तथा प्राध्यापन क्षेत्रबाट आएका हुन् । कानुनमा कुनै परिवर्तन नभए अर्का अस्थायी न्यायाधीश प्रकाश वस्तीले पनि आगामी माघ महिनामा सेवाबाट निवृत्त हुनपर्ने छ ।

नेपालको अन्तरिम संविधानमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदको सिफारिसमा संसदीय समितिले सुनुवाई गरी स्वीकृति प्रदान गरेपछि मात्रै नियुक्त हुनसक्ने व्यवस्था छ । अहिले संसद नभएको अवस्थामा दलहरुको सहमतिमा संविधान संशोधन गरी संसदीय सुनुवाईको प्रावधान नहटाउँदासम्म सर्वोच्चमा न्यायाधीश नियुक्ति सम्भव छैन । त्यसैगरी निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायहरुमा संसदीय सुनुवाई हुन नसक्ने कारणले रित्तिंदै छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>