समाचारबिहीबार, मंसिर २१, २०६९
परशुनारायण चौधरीको निधन
दम र मुटु रोगबाट ग्रसित चौधरीको पाटन अस्पतालमा निधन भएको उनका आफन्त लेखनाथ चौधरीले जानकारी दिए । उनी दाङको गोबरडिहामा ११ मंसिर १९८४ मा जन्मेका थिए ।
नेपाली कांग्रेसको महामन्त्री भईसकेका चौधरी २०१७ सालमा पंचायत प्रवेश गरेका थिए । राज परिषद् स्थायी समिति विघटन हुनुअघिसम्म उनी त्यसको सभापति थिए ।
