समाचारबिहीबार, मंसिर २१, २०६९
चौधरीको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त
२१ मंसीरमा एक विज्ञप्ति जारी गरी कांग्रेसले स्वर्गीय चौधरीले नेपाली कांग्रेसमा रहेर निर्वाह गरेको भूमिका सदा स्मरणीय रहने जनाएको छ ।
२० मंसीर राति २ बजे पाटन अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको थियो । स्वर्गीय चौधरी वि.सं. २००७ मा नेपाली कांग्रेसमा आवद्ध भई २०१५ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फाट दाङबाट विजयी भएका थिए । उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको मन्त्रीमण्डलमा शिक्षा मन्त्री भएका थिए ।
सुवर्ण्र्ााम्शेरको कार्यवाहक सभापतित्व काल र वि.सं. २०३४ मा कृष्णप्रसाद भट्टर्राईको कार्यवाहक. सभापतित्व कालमा उनी पार्टिको महामन्त्री थिए । वि.सं. २०३८ मा पञ्चायती व्यवस्थामा प्रवेश गरेका चौधरी पछिल्लो समयमा विघटित राजपरिषद् स्थायी समितिका सभापति थिए । उनका श्रीमती, २ छोरा र १ छोरी छन् ।
