समाचारबिहीबार, मंसिर २१, २०६९

फेरि पनि सहमति भएन, एक हप्ता थप समय मागिने

हिमालखबर

२१ मंसीर साँझ सेना समायोजन विशेष समितिको सचिवालय नयाँबानेश्वरमा बसेको प्रमुख चार राजनीतिक शक्तिहरुबीचको बैठकमा संविधानको अन्तर्वस्तुमा पनि अहिले नै सहमति गर्नु पर्ने एमाओवादी र मधेशी मोर्चाको अडानका कारण सहमति बन्न नसकेको हो ।

“आज पनि सहमति बन्न सकेन, सहमतिका लागि प्रयास जारी रहेकाले राष्ट्रपति समक्ष थप एक हप्ताको समय माग्ने निर्णय भएको छ,” कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

सहमतिका लागि मुख्य दलहरूको बैठक बस्दै

राष्ट्रपतिले सहमतिका लागि थप गरेको दोस्रो चरणको समयसीमा आज सकिदैछ । दलहरुले सहमतिका लागि छलफल तीब्र पारेपनि एमाओवादीको अडानका कारण सहमति हुन सकेको छैन ।

हिमालखबर

बिहीबार , २१ मंसीर २०६९ ३:१५ पम

आजै दिउँसो ३ बजेपछि सेना समायोजन विशेष समितिको कार्यालयमा मुख्य दलहरूको बैठक बस्दै छ । दलहरुबीच आ-आफ्ना अडान कायम रहेकाले ती अडानकाबीचबाट निकास खोज्ने गरि छलफल हुने एमाले नेता भीम रावलले बताए ।

एकीकृत नेकपा माओवादीले सहमतिको सरकारका गठन गर्नुअघि संविधानका विवादित विषयसँगै प्याकेजमा सहमति खोज्नुपर्ने बताएको छ भने विपक्षी दलहरुले सरकार गठनपछि टुङ्गोमा पुग्नुपर्ने बताएका छन् । आ-आफ्ना अडानकाबीच २० मंसीरमा बसेको शीर्ष नेताहरुको बैठक निस्कर्षविहीन सकिएको थियो । विपक्षी दलहरुले सहमतिको सरकारका लागि नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराललाई अघि सारेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>