समाचारबिहीबार, मंसिर २१, २०६९

‘सत्ताधारीसँग वार्ता गर्नुको औचित्य छैन’

हिमालखबर

कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले एमाओवादी र मधेशी मोर्चासँग वार्ता गर्नुको अर्थ नभएको भन्दै आन्दोलनबाटै प्रधानमन्त्री बाबुराम भट्टराईलाई विस्थापित गर्ने बताए ।  २१ मंसीरमा हिमालखबरलाई प्रतिक्रिया दिँदै नेता घिमिरेले प्रधानमन्त्री भट्टराईको आजीवन कुर्सीमा बस्ने चाहना नै राजनीतिक निकासको बाधक भएको आरोप लगाए । एमाओवादीले भने जसरी संविधानको सारवस्तुमा अहिल्यै नै सहमति हुने भए चुनावमा जानै नपर्ने उनको तर्क छ ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सत्तारुढ गठबन्धनसँग वार्ता गर्नुको औचित्य नभएकाले सबै विषय आन्दोलनबाटै समाधान हुने धारणा राखे । प्रमुख दलहरुको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग गौतमले भने, “एमाओवादी र मोर्चासँग वार्ता गर्नुको औचित्य छैन । सबै विषय सडक आन्दोलनबाटै समाधान गर्नुपर्ने अवस्था आयो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>