समाचारशनिबार, मंसिर २३, २०६९

सहमतिको सम्भावना न्यूनः अध्यक्ष खनाल

हिमालखबर

तस्बीर:सन्तोष रुचाल, धनकुटा

धनकुटामा शुरु हुने एमाले जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा आयोजित कार्यक्रमलाई २३ मंसीरमा सम्बोधन गर्दै अध्यक्ष खनालले सत्तासिन दलहरु सहमतिका लागि तयार नभएकोले सहमतिको सम्भावना लगभग सकिएको बताए । उनले भने, “सत्तासिन दलहरुले हामीलाई राजनीतिबाटै निकास खोज्न चेतावनी दिइरहका छन् यसैले हामी पनि पछि पर्दैनौ ।”

राष्ट्रपतिले तेस्रो पटक दिएको म्यादमा पनि दलहरुबीच सहमति बन्ने सम्भावना एकदमै कम रहेको बताउँदै उनले अब सत्तासिन दलहरु विरुद्ध आन्दोलनको विकल्प नभएकोमा जोड दिए । खनालले एमाओवादी पार्टीको बोली र व्यवहारमा एकरुपता नभएकाले आफूहरु सहमति बन्नेमा ढुक्क नभएको र पटकपटक धोका पाइसकेकोले अब निर्णायक आन्दोलनमा लाग्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>