थप समाचारसोमबार, आषाढ ६, २०७३
मनिषा हत्याका अभियुक्त चौधरीलाई आजीवन जन्मकैदको माग
फुटवलर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा मुद्दा दर्ता गरेको छ ।
सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणको आधारमा प्रतिवादी माथि मुद्दा दर्ता गरिएको बताए । कर्तव्य ज्यान अन्तरगत मुद्दा दर्ता गरिएको छ ।
अदालतले थुनछेकको बहस गरेर प्रतिवादीको वयान लिने र पछि मुद्दा फैसला गर्ने पन्थीले बताए ।
-विद्रोही गिरी, नवलपरासी
